काठमाडौँ — प्रभु बैंक र इला होटल्स एन्ड रिसोर्ट, मौलाकाली केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
शनिबार आयोजित एक समारोहबीच बैंकका प्रमखु प्रशासकीय अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्सका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले इला होटल्सको सेवा तथा सुविधामा विशेष छुट पाउनेछन् । जहाँ ग्राहक तथा कर्मचारीले होटल्सको खाना तथा आवासमा १० र केबलकार टिकटमा २० प्रतिशत छुट पाउनेछन् ।
