सिटिजन्स बैंक र क्लब १०एक्सबीच छुट सम्झौता

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Discount agreement between Citizens Bank and Club 10X

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौं, ठमेलस्थित क्लब १०एक्सबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सोमबार गरिएको सम्झौताअनुसार बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकले क्लबमा २० प्रतिशत छुट पाउनेछन् । डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न यस किसिमका ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याइरहेको बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully