काठमाडौँ — डेन्टल प्वाइन्ट प्रालिले क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा ल्याएको छ। डेन्टल प्वाइन्टले एक कार्यक्रमबीच इनभिजलिन सार्वजनिक गरेको हो।
कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले दक्ष दन्त चिकित्सकको माध्यमबाट इनभिजलिन ब्राण्डको क्लियर अलाइनर नेपालभर उपलब्ध हुने बताइन्।
दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधिभन्दा धेरै गुणा उपयुक्त प्रविधिबारे जानकारी गराउन पाउँदा आफूहरु गौरवान्वित भएको उनले जनाइन् । ‘क्लियर अलाइनरको प्रयोगले बिरामीले चाँडो–चाँडो चिकित्सक भेट्नपर्ने बाध्यता समेत हट्ने उनको भनाइ छ।
दाँतमा तार बाध्ने, खोल्ने गरिरहनुपर्दा बिरामीलाई दुखाइ र पीडा धेरै हुने हुँदा विश्वभर क्लियर अलाइनरको प्रयोग बढ्दै गएको उनले बताइन् ।
इनभिजलिनको प्रयोगका लागि ग्लोबल आईएमई बैंकबाट इन्स्टलमेन्ट सुविधा पाउने डेन्टल प्वाइन्टले जनाएको छ।
