काठमाडौँ — शैक्षिक परामर्शका क्षेत्रमा विगत एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको प्रतिष्ठित संस्था एईसीसी नेपालले भोलि र पर्सी नेपालका दुई ठाउँमा शैक्षिक मेला आयोजना गर्ने भएको छ ।
भोलि काठमाडौंको डिल्ली बजार चारखाल रोडमा र पर्सी पोखराको ट्रेड मल चिप्लेढुंगामा कार्यक्रम हुने आयोजकले जनाएको छ ।
बिहान ११ बजदेखि दिउँसो तीन बजेसम्म हुने मेलामा आईएलटीस, पीटीई, टोफेल र ड्युलिङ्गो टेस्ट सम्बन्धी विद्यार्थीहरुलाई जानकारी दिइनेछ ।
विदेशमा पढ्ने योजना बनाइरहेका विद्यार्थीहरुका लागि यो मेलामा विशेषज्ञहरुसँग परामर्श, आफ्नो भ्रम हटाउन र उपयुक्त ट्स्ट छान्न सहयोग पुग्ने एईसीसीले जनाएको छ ।
