सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Mcham's Member Learning Series completed in Cedargate Nepal

काठमाडौँ — अमेरिकी चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) ले आफ्नो सदस्य संस्था सिडरगेट नेपालमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । एमच्यामका सदस्य संस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

एमच्यामले आफ्ना सदस्य संस्थाबीच सम्बन्ध तथा सञ्जाल विस्तार तथा त्यसबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले मेम्बर लर्निङ सिरिज आयोजना गर्दै आएको छ । जसअन्तर्गत यसपटक स्वास्थ्य क्षेत्रमा प्रविधिका माध्यमबाट परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको सिडरगेट नेपालमा यो कार्यक्रम आयोजना गरिएको एमच्यामले जनाएको छ । 

सिडरगेटका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेविड बी स्नो जुनियरको नेतृत्वमा स्थापना भएको कम्पनीले प्रविधिको माध्यमबाट मूल्यमा आधारित स्वास्थ्य सेवामा रूपान्तरण ल्याउने लक्ष्यका साथ काम गर्दै आएको छ । कम्पनीले आफ्नो सबैभन्दा ठूलो सम्पत्ति कार्यरत प्रतिभाशाली र प्रेरणादायी कर्मचारी भएको बताएको छ ।

स्वास्थ्यसम्बन्धी संवेदनशील जानकारीसँग काम गर्ने भएकाले सिडरगेटले सुरक्षा प्रणालीलाई पहिलो स्थानमा राखेको छ । कम्पनीले कर्मचारीका लागि स्वास्थ्य सुविधा उपलब्ध गराएको छ । यसमा बिमा योजना, वार्षिक स्वास्थ्य परीक्षण, छिटो परामर्शका लागि क्लिनिक, आवाश्यक स्वास्थ्य सेवा दिने इन–हाउस डाक्टर तथा स्तनपान गराउने आमाका लागि ‘ल्याक्टेसन रूम’लगायतका सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । कम्पनीमा हाल ८०० कर्मचारी कार्यरत छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully