काठमाडौँ — सिद्धार्थ बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ ।
यस सेवाबाट बैंकमा खाता भएका व्यवसायीले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्नेछन् ।
बैंकको सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेमार्फत ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओलगायत संस्थाले देश तथा विदेशबाट सहज रूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्ने बैंकले जानकारी दिएको छ ।
