आईएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल

वैशाख २९, २०८२

कान्तिपुर संवाददाता

Ila Hotel at Maulakali with investment by IME Group

मौलाकाली — आईएमई ग्रुपको लगानीमा नवलपुरको गैंडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आउने भएको छ ।

ग्रुपले यही वैशाख २९ मा होटलको औपचारिक उद्घाटन गर्न लागेको छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्ससहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्यांक्वेट तथा कन्फरेन्स हल, रेस्टुराँ, स्विमिङ पुल, स्पा र जिमजस्ता सुविधा उपलब्ध रहेको ग्रुपले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । केबलकारसहितको इला होटल तथा रिसोर्टमा आधुनिक पर्यटकीय पूर्वाधार छ । यसका साथै ग्रुपले सातै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको बताएको छ ।

हालसम्म तीन प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेको यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेको ग्रुपको भनाइ छ । लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको र सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट एवं केबलकार निर्माण जारी रहेको ग्रुपले जनाएको छ । यी स्थानमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ । 

कान्तिपुर

Link copied successfully