सिटिजन्स बैंक र म्यानले घोषणा गरे अवार्ड

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Citizens Bank and Mann announced the award

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) बीच सम्झौता भएको छ । बैंक र म्यानबीच संयुक्त रूपमा ‘म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्ने सम्झौता भएको हो ।

यो अवार्ड व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ल्याइएको बैंकले जनाएको छ ।

वैशाख २५ मा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र म्यानका अध्यक्ष मोहनराज ओझाले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । पुरस्कार पूर्वाञ्चल युनिभर्सिटीअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट हुने विद्यार्थीले ५१ हजार रुपैयाँ पाउने बैंकले बताएको छ । यो पुरस्कार हरेक वर्ष माघमा प्रदान गरिनेछ ।

कान्तिपुर

Link copied successfully