‘सिड्स फर द फ्युचर’ को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चीन जान पाउने

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Applications for 'Seeds for the Future' are open, the best students will go to China

काठमाडौँ — ‘सिड्स फर द फ्युचर, २०२५' मा नेपालका तर्फबाट सहभागी हुने विद्यार्थीका लागि आवेदन खुला भएको छ । 'बिल्डिङ अ फुल्ली कनेक्टेड, इन्टेलिजेन्ट वर्ल्ड बाई कल्टिभेटिङ डिजिटल ट्यालेन्ट’ नारासहित सुरु भएको कार्यक्रम नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको छ ।

विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरसम्मको पहुँच स्थापित गर्न सघाउने उक्त कार्यक्रममा सहभागी हुन योग्यता पुगेका इच्छुक विद्यार्थीले जेठ ११ गतेसम्म आवेदन दिन सक्ने हुवावे नेपालले जनाएको छ । हुवावेले विश्वव्यापी रुपमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

आवेदकमध्येबाट निर्णायक मण्डलले विभिन्न चरणमार्फत सहभागी छनोट गर्छन् । छनोट भएका विद्यार्थी नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यस अवसरमा उनीहरु वर्कसप, एक्सपोजर भिजिट, अन्तरवार्ता, असाइनमेन्ट र प्रस्तुतिकरण लगायतका चरणमा सहभागी हुनेछन् । विभिन्न चरणपछि छनोट हुने उत्कृष्ट विद्यार्थीले चीनमा आयोजना हुने प्रशिक्षण तथा क्षेत्रीय प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्नेछन् । योग्यता पुगेका इच्छुकले हुवावे नेपालको फेसबुक पेजमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । 

नेपालमा आयोजना हुन लागेको यो छैटौं संस्करणको कार्यक्रम हो । सन् २०१९ देखि नेपालमा यो कार्यक्रम सञ्चालन हुन थालेको हो । यस कार्यक्रममा नेपालबाट १५० जना सहभागी भइसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully