काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दसौं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेला वैशाख २९ सम्म सञ्चालन हुनेछ ।
मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) को सहयोग छ । साथै ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजना छ । उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका छन् ।
उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले निजी क्षेत्रले भनेअनुसार नीतिगत सुधारका लागि सरकारले काम गरिरहेको उल्लेख गरे । मेलामा नेपाल, चीन र बंगलादेशका १२० भन्दा बढी स्टल रहेको जनाइएको छ ।
