वैशाख २७ मा अनम्याथ म्याथ टक 

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Unmath Math Talk on May 27

काठमाडौँ — यही वैशाख २७ मा इम्बार्क कलेज पुल्चोक ललितपुरमा ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ म्याजिकल बनाउन कार्यक्रम आयोजना गरेका हुन् ।

यस नवीन कार्यले कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई अति अप्ठ्यारो लागिरहेका विषय आकर्षक, वास्तविक र विश्व अनुभवहरूमा रूपान्तरण गरेर गणित शिक्षाको परम्परागत दृष्टिकोणलाई चुनौती दिने कलेजले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गणित शिक्षाविद् दिवेश बठीजाले यस कार्यक्रमको नेतृत्व  गर्ने विज्ञप्तिमा उल्लेख छ । बठिजा अनम्याथ स्कुलका सह–संस्थापकसमेत हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully