काठमाडौँ — नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रूपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन घोषणा गरेको छ । वैशाख २७ सम्म आयोजना हुने यस अफअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने कम्पनीको दाबी छ ।
यसमा फ्युचर अफ मोबिलिटी अर्थात् बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नेछन् ।
यसका लागि बेस्ट–इन–इन्डस्ट्री भ्यालुएसन प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । यसअन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।
