फोनपे बन्यो एसिएन पेमेन्ट नेटवर्कको उपाध्यक्ष

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

PhonePay becomes Vice President of ASEAN Payments Network

काठमाडौँ — अनलाइन पेमेन्टको क्षेत्रमा काम गर्नेहरुको साझा संस्था एसियन पेमेन्ट नेटवर्क (एपीएन) को २१औँ फोरमबाट डिजिटल पेमेन्ट कम्पनी फोनपे उपाध्यक्षका रुपमा चयन भएको छ । फिलिपिन्सको ब्यान्स नेट अध्यक्षको रुपमा चयन भएको छ ।

सन् २००६ मा गठन भएको एपीएनमा १३ देशका १४ सदस्य संस्थाहरू छन् । उनीहरुले सीमा-पार खुद्रा भुक्तानी प्रणालीलाई प्रभावकारी, सुरक्षित र खर्च-कम बनाउँदै लैजाने लक्ष्यमा सहकार्य गरिरहेका छन् । एपीएनमा आबद्ध १४ देशका प्रतिनिधिहरु दुई दिन कार्यक्रममा काठमाडौंमा भेला भएका थिए ।

सहभागी प्रतिनिधिहरूले एसियामा सीमापार रिटेल भुक्तानीको भविष्य निर्धारणका विषयमा छलफल गरेका थिए । ठगीजन्य घटनाको जोखिम व्यवस्थापन, अनुभव आदानप्रदान र सीमापार भुक्तानीका विषयमा पनि कार्यक्रममा छलफल भएको थियो । छलफल सत्रहरूमा फोनपेले क्षेत्रीय सहकार्यको आफ्नै अनुभव बाढेको थियो भने सुरक्षित भुक्तानीको इकोसिस्टम विकास, नियामक निकायबिच समन्वय र प्रविधीको भूमिकाबारे बताएको थियो । 

फोनपेका मुख्य कार्यकारी अधिकृत दिवश कुमारले नेपालमा एपीएन फोरम आयोजना गर्नु डिजिटल भुक्तानी क्षेत्रमा हाम्रो नेतृत्व क्षमतामा वृद्धिको संकेत भएको बताए । उनले भने,  'यो सिकाइहरू साझा गर्ने र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरी समावेशी र सुरक्षित वित्तीय प्रणाली अगाडि बढाउने अवसर हो  ।'

कान्तिपुर

Link copied successfully