ईसेवा मनि ट्रान्सफरद्वारा भाग्यशाली विजेतालाई घर हस्तान्तरण

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Home delivery to the lucky winner by eSeva Money Transfer

काठमाडौँ — ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ । 'मेरो डिजिटल देश' अभियानअन्तर्गत ईसेवाले घिमिरेलाई घर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बास्डर तथा कम्पनी व्यवस्थापन समितिका सदस्यहरू उपस्थित थिए । 

ईसेवा मनि ट्रान्सफरले २८ नोभेम्बर २०२४ मा कान्तिपुर टेलिभिजन, ईसेवा मनि ट्रान्सफर र ईसेवाका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोलाप्रथाको माध्यमबाट 'मेरो डिजिटल देश' अभियानको विजेता घोषणा गरेको थियो । जसअन्तर्गत, रोमानियामा विगत दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अन्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भएकी हुन् । 

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता घिमिरे र उनको परिवारलाई घर जितेकोमा बधाई दिँदै विश्वभर रहेका नेपालीको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गरे । बम्पर पुरस्कार विजेता घिमिरेले विजेता घोषित भएकोमा अत्यन्तै खुसी र कृतज्ञता व्यक्त गरिन् । उनले नयाँ घर जित्न पाउँदा आफू पूर्ण रूपमा आश्चर्यचकित महसुस गरेको बताउँदै, यो क्षण चमत्कार जस्तै लागेको उल्लेख गरिन् । उनले बम्पर उपहारस्वरुप काठमाडौंमा साढे दुई तलाको घर पाइन् ।

कान्तिपुर

Link copied successfully