भ्वाइस अफ नेपाल विजेता प्रोसेस पाण्डेलाई क्लोजअपको १ लाख पुरस्कार

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

1 lakh prize of Close-up to Voice of Nepal winner Process Pandey

काठमाडौँ — क्लोजअपले भ्वाइस अफ नेपालका विजेता प्रोसेस पाण्डेलाई १ लाख रुपैयाँ पुरस्कार दिएको छ । भ्वाइस अफ नेपाल सिजन-६ का विजेता पाण्डेलाई यस सिजनको शीर्ष प्रायोजक क्लोजअपले उक्त पुरस्कार दिएको हो ।

युनिलिभर नेपालका कानुन प्रमुख एवं कम्पनी सचिव गोविन्द शाहीले उक्त पुरस्कार प्रदान गरेका हुन् । भ्वाइस अफ नेपालजस्तो प्लाटफर्मसँग सहकार्यले आफूहरूलाई नयाँ प्रतिभा उजागर गर्न सम्पूर्ण दर्शकसँग जोडिन सघाएको कम्पनीले जनाएको छ ।

प्रतिस्पर्धीहरू रोशन राई, प्रमेश राई र अर्पणा आचार्यलाई उछिन्दै प्रोसेस भ्वाइस अफ नेपाल बनेका हुन् । 

कान्तिपुर

Link copied successfully