काठमाडौँ — भारतीय घडी ब्रान्ड टाइटनले वीरगन्ज र सिमरामा नयाँ शोरुम सञ्चालनमा ल्याउने भएको छ । नेपाली बजारमा सहज पहुँच बढाउन कम्पनीले नयाँ शोरुम सञ्चालनमा ल्याउन लागेको बताएको छ ।
टाइटनले नेपालमा २० वर्षदेखि आफ्ना ग्राहकमाझ छुट्टै पहिचान बनाएको र अब यहाँ छुट्टै शोरुम सञ्चालनमा ल्याउन लागेको कम्पनीको भनाइ छ ।
यसैबीच टाइटनको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०२४ अश्मा केसी नियुक्त भएकी छन् । यसले नेपालीसँग कम्पनीको सम्बन्ध अझ सुदृढ हुने जनाइएको छ ।
