फोनपे आईसीटी क्षेत्रको सर्वाधिक करदाता घोषित

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Phonepay has been declared the highest tax payer in the ICT sector

काठमाडौँ — डिजिटल भुक्तानी सञ्जाल फोनपेले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था रूपमा सम्मान प्राप्त गरेको छ। ८औं राष्ट्रिय आईसीटी दिवसको अवसरमा फोनपेले नेपाल सरकारबाट औपचारिक रूपमा सम्मान प्राप्त गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारलाई सम्मान प्रदान गरे । फोनपेका प्रमुख कार्यकारी अधिकृत कुमारले नेपाल सरकारबाट प्राप्त सम्मान अत्यन्त गौरवको विषय भएको बताए । 

उनले भने, 'फोनपेमा हामी जिम्मेवार कर्पोरेट नागरिकता र नवीनताबीच गहिरो सम्बन्ध रहेको विश्वास गर्छौं। यो सम्मानले नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ, साथै आईसीटी क्षेत्रको अग्रणी संस्था रूपमा हाम्रो दायित्वप्रति हामी अझ सजग रहन्छौं।' 

कान्तिपुर

Link copied successfully