काठमाडौँ — नबिल बैंक र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच छुट सम्झौता भएको छ ।
बैंकका ग्राहकलाई भारतमा स्वास्थ्योपचार गर्दा विशेष छुट तथा सहजीकरण गर्न उक्त सम्झौता गरिएको बैंकले जनाएको छ ।
बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानुन) सुशीलकुमार चापागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका सेवाग्राहीले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् ।
