काठमाडौँ — भारतको प्रसिद्ध घडीको ब्रान्ड टाइटनले मिस नेपाल आश्माकुमारी केसी ब्रान्ड एम्बास्डरको रूपमा नियुक्त गरेको छ । टाइटनले विगत २० वर्षदेखि नेपालमा बजार विस्तार गरिरहेको छ ।
टाइटन कम्पनी, नेपालका कन्ट्री मेनेजर, वसन्त वासुदेवनले मिस नेपाल आश्माकुमारीलाई टाइटन परिवारमा स्वागत गर्न पाउँदा हर्षित भएको बताए । उनले ब्रान्ड एम्बास्डरको सहयोगमा घडी प्रेमीहरूको अर्को पुस्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरे ।
टाइटन घडीको नेपालको आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रा. लिमिटेडका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवालले वीरगन्ज र सिमरामा दुईवटा नयाँ टाइटन स्टोरहरू खोलिएको भन्दै आफूहरुले प्रमुख सहरहरूमा आफ्नो पहिचान बलियो बनाउँदै लगेको बताए ।
आश्माले भनिन्, 'टाइटन जस्तो ब्रान्डसँग आबद्ध हुन पाउनु सम्मानको कुरा हो जुन मानिसहरूको जीवनमा धेरै अविस्मरणीय पलहरूको एक हिस्सा भएको छ । टाइटन एक घडीभन्दा बढी हो - यो व्यक्तिगत कोशेढुंगा र अर्थपूर्ण शैलीको प्रतीक हो र म परम्परा र नवीनता दुवैलाई महत्त्व दिने ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु।'
ब्रान्ड एम्बास्डर मिस नेपाल अश्माले टाइटन जस्तो ब्रान्डसँग आबद्ध हुन पाउनु सम्मानको कुरा भएको बताइन् ।
