'शेफ नेपाल'को आवेदन खुला

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Application of 'Chef Nepal' is open

काठमाडौँ — नेपालको पहिलो प्रतिस्पर्धात्मक फुड रियालिटी शो 'सेफ नेपाल' को अर्को संस्करण 'सेफ नेपाल : द प्रोफेसनल' को आवेदन खुला भएको छ ।

सेफ नेपालको वेबसाइटमार्फत विश्वभरि रहेका व्यावसायिक सेफले आवेदन दिन सक्नेछन् । पाँच वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ मात्र यस फुड रियालिटी टीभी शोमा सहभागी हुन पाउनेछन् । 

नयाँ संस्करण नेपालकै व्यावसायिक कुकिङ प्रतिस्पर्धामा ऐतिहासिक अध्याय हुने रियालिटी शोको निर्माता कम्पनी धर्म पिक्चर्सले जनाएको छ । आवेदनका लागि आफ्नो विस्तृत बायोडाटा, आफ्नो प्रमाणपत्रको स्क्यान कपीलगायत अपलोड गर्नुपर्नेछ । आवेदन जेठ १७ पछि बन्द हुनेछ । 

सन् २०२४ मा प्रसारण भएको पहिलो सिजनमा गृहिणी, युवा र अमेच्युर सेफबीच प्रतिस्पर्धा भएको थियो । स्थानीय परिकार, लोपोन्मुख तथा परम्परागत स्वाद र दिगो खाना संस्कृतिमा कार्यक्रमले ध्यान केन्द्रित गरेको थियो । अजुईहाङ राईले सय प्रतिस्पर्धीलाई पछि पार्दै नेपालको पहिलो फुड रियालिटी शोको उपाधि जितेका थिए । शो कान्तिपुर टीभीबाट प्रसारण भएको थियो ।

कान्तिपुर

Link copied successfully