काठमाडौँ — ललिपालो सिनामन रोल्सका लागि विश्वभर चर्चित बेकरी ब्रान्ड सिन्नाबोन अब नेपालमा औपचारिक रुपमा प्रवेश गर्ने भएको छ ।
यो ब्रान्डले आफ्नो पहिलो शाखा सानेपा, ललितपुरमा खोल्न लागेको हो । जहाँबाट सिन्नाबोन क्लासिक रोल्स, मिनीबोन्स, साथै विभिन्न स्वादिष्ट पेय पदार्थहरू र बेक गरिएका परिकारहरू प्रस्तुत गरिनेछ।
५० भन्दा बढी देशहरूमा उपस्थिति रहेको सिन्नाबोनले विश्वभरका ग्राहकहरूलाई आफ्नो लोभलाग्दो सुगन्ध र स्वादले मोहित बनाउँदै आएको छ । अब नेपाल पनि सिन्नाबोनको यो विश्वव्यापी परिवारमा सामेल हुँने कम्पनीले जनाएको छ ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज (जेजीआई)ले यो प्रतिष्ठित ब्रान्डलाई नेपालका बढ्दो खाद्य तथा रेस्टुरेन्ट क्षेत्रमा प्रस्तुत गर्न लागेको हो ।
नेपाली उपभोक्ताहरूले विश्वव्यापी स्वादहरू र उच्चस्तरीय डेजर्टप्रतिको सराहना बढाउँदै गएका बेला सिन्नाबोनले आत्मसात् गरिने र सान्त्वनादायी स्वादहरू प्रदान गर्दै एक प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
‘हाम्रो टोली सिन्नाबोनलाई नेपालमा ल्याएर यसको विश्वप्रसिद्ध स्वादहरू नेपाली उपभोक्ताहरूसामु प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छ,’ जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने, ‘हामीलाई विश्वास छ कि सिन्नाबोनका स्वादिष्ट बेक गरिएका परिकारहरू नेपाली फुड लभर्सका लागि प्रिय बन्नेछन् ।’
