सिद्धार्थको सहयोगमा विद्यालय भवन

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

School building with the help of Siddharth

काठमाडौँ — सिद्धार्थ बैंकले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण सुरु गरेको छ ।

२०८० कात्तिक १७ मा गएको भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयका दुई भवनमध्ये एउटाको पुनर्निर्माण बैंकले गर्न लागेको हो । उक्त विद्यालयमा १७५ जना विद्यार्थी पढ्छन् । बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully