काठमाडौँ — चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्युरो सर्जरी सेवा पुनः सुरु गरिएको छ ।
वरिष्ठ न्युरो सर्जन डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्युरो सर्जन डा. विपीन चौरसियासहितको टोलीले अस्पतालमा न्युरो सर्जरी सेवा दिन थालेको हो । अस्पतालले चौबीसै घण्टा आकस्मिक न्युरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्ने डा. चौरसियाले जनाए ।
