काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले १०० एमबीपीएस फाइबर इन्टरनेट योजना सार्वजनिक गरेको छ । सोमबार कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो । जसअन्तर्गत डुअल ब्यान्ड राउटरसहितको सेवा उपलब्ध हुने कम्पनीको दाबी छ ।
यो योजना नेपाली घरपरिवार र साना व्यवसाय लक्षित रहेको कम्पनीको भनाइ छ । जहाँ ग्राहकले २४ महिनाका लागि १५ हजार ७०६ र १२ महिनाका लागि ९ हजार ४६९ रुपैयाँ शुल्क तिरे पुग्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले नेपाली ग्राहकलाई भरपर्दो र किफायती इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिबद्धता स्वरूप उक्त योजना ल्याएको जनाए ।
