काठमाडौँ — एसपिजी अटोमोबाइल्स ‘इभी पायोनियर अवार्ड’ बाट सम्मानित भएको छ । एसपिजी चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक हो ।
चिनको आन्हुइ प्रान्तको उहु सहरस्थित यिजिउ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजित ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’ मा उक्त सम्मान प्रदान गरिएको हो ।
सम्मेलनमा चेरि होल्डिङ ग्रुपका उपाध्यक्ष सु हुईले एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडालाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । सम्मेलनमा १२० भन्दा बढी देशका ३ हजारभन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो ।
एसपिजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा र जेइकोका विद्युतीय सवारी साधनहरूको बजार प्रर्वधन गर्दै आएको छ । ओमोडा एन्ड जेइकोले सन् २०२४ मा ‘ओमोडा इ-फाइभ’ सार्वजनिक गर्दै नेपाली बजारमा प्रवेश गरेको थियो ।
‘नाडा अटो सो २०२४’ मा ब्रान्डको स्टाइलिस एसयूभी ‘जेइको जे-सिक्स’ पनि सार्वजनिक भएको थियो । एसपिजी अटोमोबाइल्सले पहिलो वर्षमै ८ सयभन्दा बढी गाडी बिक्री गरेको जनाएको छ ।
