'अमृत भोग बासमती चामल'को ग्रान्ड डिलर कार्यक्रम सुरु

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

Grand dealer program of 'Amrit Bhog Basmati Rice' launched

काठमाडौँ — त्रिवेणी समूह अन्तर्गतको त्रिवेणी राइस इन्डस्ट्रीले नयाँ प्रिमियम उत्पादन 'अमृत भोग बासमती चामल' सार्वजनिक गरेको छ । गत शुक्रबार काठमाडौंमा ३५० भन्दा बढी डिलरहरूको उपस्थितिमा नयाँ उत्पादन सार्वजनिक गरिएको हो ।

अध्यक्ष वीरेन्द्रकुमार संघइ र निर्देशक श्री साकेत संघइले संयुक्त रूपमा नयाँ उत्पादनको चामल सार्वजनिक गरेका थिए । २० केजीको अमृत भोग बासमती चामलको प्रारम्भिक मूल्य २ हजार ८ सय ५१ रपैयाँ तोकिएको छ ।

त्रिवेणी राइस इन्डस्ट्रीले ९ कात्तिक २०८० बाट औपचारिक उत्पादन सुरु गरेको थियो र यसको उद्योग पर्सा, वीरगञ्जमा रहेको छ । करिब डेढ वर्षको छोटो अवधिमै कम्पनीले प्रिमियम राइस सेग्मेन्टमा सशक्त उपस्थिति जनाउन सफल भएको दाबी गरेको छ ।

कान्तिपुर

Link copied successfully