काठमाडौँ — इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स राष्ट्रिय क्रिकेट टोलीका ६ जना चर्चित खेलाडीलाई आफ्नो ब्रान्ड एम्बेसडर को रूपमा नियुक्त गरेको छ।
ब्रान्ड एम्बेसडरमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी छन् । कम्पनीले १० लाख घरपरिवारमा इन्टरनेट सेवा पुर्याएको ऐतिहासिक उपलब्धिको अवसरमा जावलाखेलस्थित कार्यालयमा हालै एक समारोह आयोजना गर्दै खेलाडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
सम्झौता कार्यक्रमको अवसरमा कम्पनीका सहसंस्थापक मनोज अग्रवालले खेलाडीहरू वर्ल्डलिंकको दृष्टिकोणसँग मेल खाने प्रेरणादायी पात्र भएको उल्लेख गरे । वर्ल्डलिंकको यस निर्णयले खेल, समुदाय र राष्ट्रप्रतिको समर्पण देखाएको जनाएको छ ।
