नेपाली फुटबलर प्रीति राईलाई हिरो जुम ११०

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

Hero Zoom 110 to Nepali footballer Preeti Rai

काठमाडौँ — नेपाल सुपर लिग सिजन ३ को समापन समारोहको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रीति राईलाई सीजी हिरो मोटोकर्पको हिरो जुम ११० स्कुटर प्रदान गरिएको छ ।

एनएसएल सिजन ३ की ब्रान्ड एम्बेसडर राईलाई हिरोले सम्मानस्वरूप हिरोको स्कुटर प्रदान गरेको हो । दशरथ रंगशालामा आयोजित एनएसएल सिजन ३ को समापन समारोहमा चौधरी फाउन्डेसनकी सदस्य सारिका चौधरीले खेलाडी राईलाई हिरो जुम ११० को साँचो हस्तान्तरण गरिन् ।

उक्त अवसरमा चौधरीले राईले नेपाली महिला फुटबलको क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान र प्रेरणादायी प्रदर्शनको कदरस्वरूप हिरोका तर्फबाट स्कुटर दिइएको जनाइन् ।

कान्तिपुर

Link copied successfully