काठमाडौँ — यामाहा नेपालले काठमाडौं उपत्यकाभित्र दुईपांग्रे सवारीका लागि नयाँ एक्सचेन्ज अफर ल्याएको छ । वैशाख १४ देखि कम्पनीले उक्त अफर घोषणा गरेको हो । यो अफर वैशाख १९ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि यामाहा ब्लु फेस्ट कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रमपछि यामाहाले काठमाडौं उपत्यकाका ग्राहकलाई लक्ष्य गर्दै एक्सचेन्ज अफर ल्याएको हो । यस अफरमा ग्राहकले जुनै ब्रान्डको पुरानो गाडी साट्दा न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन प्राप्त गर्नेछन् । साथै धरौटीबिना सजिलो फाइनान्सिङ सुविधा, ७.९९ प्रतिशत किस्ताबन्दी र ‘थ्रिल अफ थ्री’ अफरअन्तर्गत एक लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।
