काठमाडौँ — हिमालयन बैंकले बत्तिसपुतली शाखा स्थानान्तरण गरेको छ । बैंकले साविक स्थानबाट स्थानान्तरण गरी राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आइतबारदेखि सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले उक्त शाखाको उद्घाटन गरे । हाल बैंकको देशभर १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८४ एटीएम, ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्र छन् ।
