इम्बार्क कलेजले ल्यायो 'इम्बार्क रिसर्च रिभ्यु’ 

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Embark College brings 'Embark Research Review'

काठमाडौँ — इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कले ‘इम्बार्क रिसर्च रिभ्यु : दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ पुस्तक विमोचन गरेको छ ।

आइतबार आयोजित एक समारोहबीच रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा. जिन नोएल एजिन्गार्डले उक्त पुस्तक सार्वजनिक गरे । आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै नेपालमा सक्रिय व्यवसायमा आधारित ११ वटा ‘केस स्टडी’ समेटेर उक्त पुस्तक तयार पारिएको जनाइएको छ ।

कार्यक्रममा रोहम्प्टन विश्वविद्यालयका उपकुलपति एजिन्गार्डले अनुसन्धान र नीतिनिर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिए । कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धताबारे इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले प्रकाश पारे ।

स्थिरता र वित्तीय समावेशीकरणसम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल र काठमाडौं फिनटेकका संस्थापक डा. सञ्जीव सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गरे ।

कान्तिपुर

Link copied successfully