आईपीओ जारी गर्न पैंचो पसल र एनआईसी क्यापिटलबीच सम्झौता

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Agreement between Pancho Shop and NIC Capital to issue IPO

काठमाडौँ — पैंचो पसलले सेयरको निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । पैंचो पसल र एनआईसी एशियाबीच सोमबार सम्झौता भएको हो ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

पैचो पसललाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । 

कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझँ पुर्‍याउँदै आएको छ । पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully