डाइनामिक टेक्नोसफ्टका ग्राहकलाई १५ प्रतिशत छुट

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

15% discount for customers of Dynamic Technosoft

काठमाडौँ — सफ्टवेयर डेभलपमेन्ट कम्पनी 'डाइनामिक टेक्नोसफ्ट' १६ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ । कम्पनीले नेपालभित्र मात्र नभई दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै लगेको विज्ञप्तिमा उल्लेख छ । 

सन् २०१० मा वीरगञ्जबाट सुरू भएको डाइनामिक टेक्नोसफ्टका हाल नेपाल, भारत र जापानमा गरी २२ सय भन्दा बढी ग्राहक छन् । कम्पनीले ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरसिप ईआरपीजस्ता सफ्टवेयर विकास गर्दै आएको छ ।

डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी भएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकाहरूमा समेत प्रयोग भइरहेको छ । डाइनामिक टेक्नोसफ्टका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत दीपक साहले प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गर्न प्रयत्नशील रहेको बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully