लबिम मलमा पिज्जा हटको नयाँ आउटलेट

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Pizza Hut's new outlet at Labim Mall

काठमाडौँ — पिज्जा ब्रान्ड पिज्जा हटले ललितपुरको व्यापारिक केन्द्र लाबिम मलमा नयाँ आउटल सञ्चालनमा ल्याएको छ । नेपालका लागि पिज्जा हटको आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेसनल नेपालले शुक्रबारदेखि उक्त आउटलेट सञ्चालनमा ल्याएको हो ।

उक्त आउटलेटसहित नेपालमा पिज्जा हटको नवौं शाखा रहेको कम्पनीले जनाएको छ । यो आउटले बिहान ११ देखि राति ११ बजेसम्म खुला रहनेछ । १३७० वर्गफुटमा फैलिएको उक्त स्टोरमा एक पटकमा ४४ जना ग्राहक बसेर खान मिल्ने व्यवस्था भएको कम्पनीले बताएको छ ।

उक्त आउटलेटमा पिज्जा हटका सिग्नेचर पिज्जा विभिन्न स्वादमा पाइने र साथै पास्ता, एपेटाइजरलगायत परिकारले ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।

कान्तिपुर

Link copied successfully