दीर्घसेवीलाई सूर्यज्योतिको सम्मान

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Honoring Surya Jyoti to Longsevi

काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्सले १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीको १६ वर्ष यात्रा पूरा गरी १७औं वार्षिकोत्सवका अवसरमा २१ जना कर्मचारी सम्मानित भएका हुन् ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचकांकको उन्नतिका लागि आभार प्रकट गरे ।

कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना, नवीनतम सेवामा विस्तार गर्ने र सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता खत्रीले जनाए । साथै कम्पनीले आर्थिक वर्ष २०८१/८२ अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको समेत उनले बताए ।

कान्तिपुर

Link copied successfully