काठमाडौँ — वाइवाइ चाउचाउले थोक विक्रेतालाई लक्ष्य गर्दै ल्याएको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गतका विजेताले विभिन्न उपहार पाएका छन् । यसमा हिरो एक्सपल्स मोटरसाइकल ५ जनाले, एलजी टीभी ५ जनाले र एलजी फ्रिज १० जनाले पाएका छन् ।
यसैगरी योजनाका विजेता जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार हात पारेका छन् । तिवारीलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरे ।
कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरका थोक विक्रेतालाई लक्ष्य गर्दै उक्त योजना सञ्चालनमा ल्याएको हो । यस उपहार योजनाअन्तर्गत प्रत्येक ५० कार्टुन वाइवाइ चाउचाउ खरिद गर्दा थोक विक्रेतालाई पहेंलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो, जसबाट थोक विक्रेता लक्की ड्रमा समावेश भई उपहार जित्ने मौका पाएका थिए ।
