आरण्य नेचर रिसोर्टमा एटमोसफेर कोरको व्यवस्थापन 

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Management of Atmosphere Core at Aranya Nature Resort

काठमाडौँ — बनेपास्थित आरण्य नेचर रिसोर्टको व्यवस्थापन एटमोसफेर कोर हस्पिटालिटीले गर्ने भएको छ ।

लस्ट होराइजन जंगल रिसोर्ट लिमिटेडको साझेदारीमा बन्दै गरेको आरण्य नेचर रिसोर्ट सन् २०२५ को अन्त्यसम्म एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।

नेपाल दक्षिण एरियाको विलासी पर्यटकीय गन्तव्यका रूपमा अघि बढिरहेको र पाहुनाहरू जहिल्यै नयाँ रोमाञ्चित गन्तव्यको खोजीमा रहने एटमोसफेर कोर ग्रुपका प्रबन्ध निर्देशक सलिल पनिग्राहीले बताए ।

एटमोसफेर कोरसँग साझेदारी गर्न पाएकामा लस्ट होराइजन जंगल रिसोर्टका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले खुसी व्यक्त गरे । २५ एकड जमिनमा फैलिएको रिसोर्टबाट हिमाल र मनोरम पहाडको दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully