दराजको नयाँ ‘च्वाइस’ अप्सन

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Drawer's new 'Choice' option

काठमाडौँ — दराज नेपालले नयाँ अप्सनका रूपमा ‘च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ ।

यस अप्सनमा उपभोक्ताले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका एक हजाभन्दा बढी टप–रेटेड उत्पादन सीधै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ती उत्पादनको न्यूनतम मूल्य १३० रुपैयाँदेखि सुरु हुने दराजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एकै कार्ट र एकै वेयर हाउस प्रणालीमार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र डेलिभरी प्राप्त गर्न र ३ वा त्यसभन्दा बढी सामान किन्दा निःशुल्क डेलिभरीको सुविधासमेत उपलब्ध उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully