रौतहटमा महिन्द्राको नयाँ सेवा केन्द्र

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Mahindra's new service center at Rautahat

काठमाडौँ — नेपालका लागि महिन्द्रा फोरह्विलरको मात्र आधिकारिक विक्रेता अग्नि ग्रुप–बालाजु अटो वर्क्सले रौतहटमा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

ग्राहकको सेवा तथा सुविधाका लागि वैशाख १० देखि रौतहटमा टु एस सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त नयाँ सेवा केन्द्रले रौतहटमा वरपर बसोबास गर्ने ग्राहकलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु रहेको कम्पनीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully