काठमाडौँ — ई–सेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले एक लाख रुपैयाँ जित्न सक्नेछन् । डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर ई–सेवाले उक्त अफर ल्याएको हो ।
यो अफर वैशाख १० देखि २४ गतेसम्म सञ्चालन हुनेछ । अफर अवधिभर ई–सेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जनाले भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् ।
योजनामा सहभागी एक जना भाग्यशाली ग्राहकले एक लाख रुपैयाँ जित्नेछन् । यसका लागि ग्राहकले क्यूआर स्क्यान, ई–सेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर गर्नुपर्ने ई–सेवाले जनाएको छ ।
