काठमाडौँ — सूर्य ज्योति लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएको छ । इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता गरेको हो ।
यो सम्झौतासँगै इन्स्योरेन्स एनसीएचएलमा आबद्ध भएको हो । सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौतापछि इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेससँग जोडिएको छ ।
