महालक्ष्मी विकास बैंकको कोष लागत ५.०४ प्रतिशत 

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Mahalakshmi Development Bank's cost of funds is 5.04 percent

काठमाडौँ — महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक बनेको जनाइएको छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सबैभन्दा कम कोष लागत (कस्ट अफ फन्ड) भएको विकास बैंक बनेको बैंकद्वारा जारी विज्ञप्तिमा छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार आव २०८१/८२ चैत मसान्तसम्म कोषको लागत ५.०४ प्रतिशत रहेको छ ।

पछिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कोष लागत प्रतिशत ७.६२ रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको बैंकको दाबी छ । जसअनुसार बैंकको आधार दर चैत मसान्तसम्म ७.१४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदरसमेत कम हुने बैंकको भनाइ छ ।

कान्तिपुर

Link copied successfully