ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Global IME Bank's Rooftop Solar Loan Scheme

काठमाडौँ — ग्लोबल आईएमई बैंकले रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । बैशाख ९ मा पृथ्वी दिवसको अवसर पारेर औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न उक्त कर्जा योजना ल्याएको जनाइएको छ ।

नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उक्त कर्जा योजनाको लक्ष्य रहेको बैंकले जानकारी दिएको छ ।

यस कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसाय जस्तै : होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन र शैक्षिक संस्थाले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully