काठमाडौँ — होटल सारथि र सिटिजन्स क्यापिटलबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
धुलिखेल, होटल सारथिमा आयोजित एक समारोहबीच होटलका कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार होटल सारथिले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्नेछ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्ने जनाइएको छ ।
