ओमोडा एन्ड जेइकोले ओ-युनिभर्सको अवधारणा सार्वजनिक गर्ने

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Omoda and Zeiko unveil the concept of O-Universe

काठमाडौँ — ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ ।

वैशाख १२ मा हुने ‘ओ-युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफ-रोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’का दुई फरक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

‘ओ-युनिभर्स’को सार्वजनिकीकरण समारोहमा उपस्थित हुनेले ग्यालेक्सिको (आकाशगङ्गाको) झझल्को दिने अत्याधुनिक ‘एलइडि स्क्रिन’का भित्तामा ओमोडाको नवीनतम प्रविधि प्रस्तुत गरिनेछन् । सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् ।

यसै अनुभवअन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि-सेभेन एसएचएस’ र पहिलो पूर्ण-रूपमा विद्युतीय गाडी ओमोडा ‘इ-फाइभ’को पनि प्रदर्शनी हुने कम्पनीले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

यसका साथै, ‘सी-थ्री साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमालाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’सहित एक ‘सररियल’ एवं कलात्मक अनुभव सिर्जना गर्ने कम्पनीको भनाइ छ । यसले ‘जेनेरेसन जेड’हरूमा ‘मेका’बाट प्रेतित ‘मोबिलिटी’ र डिजाइनको नयाँ कल्पना प्रेरित गर्नेछ ।

ओमोडाको प्रविधि अनावरण हुँदै गर्दा जेइकोको ‘जे-ल्यान्ड’ प्रदर्शनीमा एक हरियालीपूर्ण वातावरणको झल्को दिने पनि जनाइएको छ । यही क्रममा पूर्ण-विद्युतीय लाइट-आउटडोर-एसयूभी ‘जे-फाइभ बीईभी’ को प्रदर्शन हुनेछ । 

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटड, ओमोडा इन्ड जेइको को. लिमिटेडका लागि नेपालको आधिकारिक वितरक हो ।

कान्तिपुर

Link copied successfully