काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले सातवर्षे ऋणपत्र निष्कासन गरेको छ । बैंकले वैशाख ७ बाट ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको जनाएको छ । त्यसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको र सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्ने बैंकले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
