काठमाडौँ — एमएडब्लू वृद्धिले नेपालमा सयवटा ईभी चार्जिङ स्टेसन सञ्चालन गरेको छ । उक्त उपलब्धिले ईभी सवारीका लागि कोसेढुंगा पार गरेको आइतबार कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा कम्पनीले नयाँ नेटवर्क सीसीएस२ टाइप डीसी फास्ट चार्जर्सले नेपालभर सयभन्दा बढी रणनीतिक स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्ने घोषणा गरेको छ । काठमाडौं, पोखरा, विराटनगर र चितवनलगायत सहरदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता टाढाका क्षेत्रमा कम्पनीले चार्जिङ सञ्चालन गरेको छ । चार्जिङ नेटवर्कमा कम्पनीले ४० र ६० किलोवाट चार्जर रहेको जनाएको छ ।
