क्याम्ब्रिजको दक्षिण एसियाली विद्यालय सम्मेलन

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

South Asian Schools Conference, Cambridge

काठमाडौँ — क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेस्मेन्टअन्तर्गतको इन्टरनेसनल एजुकेसन समूहले दोस्रो वार्षिक दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन गरेको छ ।

भारत, नेपाल, श्रीलंका, भुटान, बंगलादेश र माल्दिभ्सका चार सयभन्दा बढी शिक्षक, विद्यालय नेतृत्वकर्ता तथा शैक्षिक विश्लेषकको सहभागिता रहेको सम्मेलनले दक्षिण एसियाली शिक्षा क्षेत्रमा सहकार्य र नवप्रवर्तनमार्फत शिक्षाको भविष्य निर्माण गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा शिक्षक सशक्तीकरणका लागि नयाँ व्यावसायिक विकास कार्यक्रम, सेवा–पूर्व तालिम, अनलाइन छोटो पाठ्यक्रम तथा सीप अभिवृद्धि तालिमहरू प्रस्तुत गरिएको थियो । 

कान्तिपुर

Link copied successfully