काठमाडौँ — शुभयात्रा कलेक्सनले काठमाडौंको नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरु गरेको छ । उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीलाई लक्ष्य गर्दै एकै छानामुनि विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको कम्पनीले आफ्नो शाखा बानेश्वरमा सञ्चालनमा ल्याएको हो ।
नयाँ आउटलेटमा कपडा, युटेन्सिल्स, इलेक्टोनिक्स सामान, जुत्ता, ब्यागेज, स्टेसनरीलगायतका विभिन्न सामान उपलब्ध रहेको कम्पनीका अध्यक्ष दर्शन खनालले जनाए । कम्पनीले सफारी, गोल्डस्टार जुत्ता तथा ३६५, एलभीडीलगायत अन्य सामानसमेत आउटलेटमा राखेको छ । नयाँ आउटलेट सुरु गरेको अवसरमा कम्पनीले स्पिनिङ ह्विलमा ७५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेको बताएको छ ।
