काठमाडौँ — प्राइम सीएले आफ्नो २१ औं वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा प्राइममा अध्ययन गरी सन् २०२४ मा सीए बनेका तथा र्यांकहोल्डर विद्यार्थीलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा अन्य कलेजका प्राचार्य र बोर्डका विशिष्ट सदस्यको समेत उपस्थिति थियो । प्राइम सीएको यात्रामा विद्यार्थीहरूको निरन्तर मिहिनेत र विश्वास रहेको संस्थाका अध्यक्ष सीए नवराज बुर्लाकोटीले बताए ।
